रूपम गुरुङ युवा मोर्चा केन्द्रिय समिति सदस्य चयन

दार्जिलिङ: गोजमुमोको युवा मेर्चाको आज एउटा साङ्गठनिक सभा सम्पन्न भयो। उक्त सभामा गत केही दिन अघि आफ्नो दल बलसहित हिल तृणमूल कङ्ग्रेस पार्टी त्यागेर गोजमुमो बिनय खेमामा सामेल भएका युवा एकाईका केन्द्रीय उपाध्यक्ष रूपम गुरुङलाई आज युवा मोर्चा केन्द्रिय समितिको सदस्यको रूपमा मनोनित गरियो। यस साङ्गठनिक सभामा विशेष गरेर युवा मोर्चा केन्द्रिय समितिका अध्यक्ष अमृत योन्जन, महासचिव अरुण छेत्री अनि गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समिति प्रवक्ता केशवराज पोख्रेल साथै केन्द्रिय युवा मोर्चाका प्रतिनिधिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *