रूरल डेभलपमेन्ट कन्फरेन्सको आयोजना

कुचबिहार: कुचबिहार जिल्ला प्रशासनको आयोजनामा आज रूरल डेभलपमेन्ट कन्फरेन्स 2020-को आयोजना गरियो। कुचबिहार उत्सव अडिटोरियम हलमा सम्पन्न सेमिनारको विधिवत् रूपमा उद्घाटन कुचबिहार जिल्ला परिषदका सभाधिपति उमाकान्त बर्मनले गरे। यस अवसरमा कुचबिहार जिल्ला शासक पवन कादियानलगायत अन्य अधिकारीगण, पञ्चायत समितिका सदस्य, जिल्ला परिषदका पदाधिकारीगण उपस्थित थिए। उक्त कन्फरेन्समा आज विभिन्न विषयलाई लिएर आलोचना गरियो। पञ्चायत समिति जिल्ला परिषदको विकासमूलक कार्यहरूबारेमा पनि चर्चा गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *