सबैले हामीले जित्छ भन्यो तर कसैले पनि तृणमूलले जित्छ भनेको थिएन: अशोक भट्टाचार्य

सिलगढी: जुन वार्डबाट जितेर अशोक भट्टाचार्य सिलगढी नगर निगमको मेयर बनेका थिए तर यस पल्टको नगर निगम चुनाउमा त्यही वार्डमा तिनले पराजयको सामना गर्नु पऱ्यो। स्मरण रहोस, अशोक भट्टाचार्यले गत 2021को बंगाल विधानसभा चुनाउमा पनि तेस्रो स्थान हासिल गरेका थिए। सिलगढी नगरनिगम चुनाउमा तिनी 6 नम्बर वार्डमा दोस्रो स्थानमा रहे। यसै वार्डबाट तिनले आखिरी नगर निगम चुनाउ जितेका थिए। तर यसपल्ट अशोक भट्टाचार्यले तृणमूल उम्मेद्वार आलम खानसित पराजयको सामना गर्नु पऱ्यो। पराजित भएपछि पत्रकारहरूसितको कुराकानीमा तिनले भने, मैले यस प्रकारको चुनाउ परिणाम आउने कुरा सोचेकै थिइन्। सबैले नै हामीले जित्छ भन्दै थियो तर कसैले पनि तृणमूल कङ्ग्रेसले जित्छ भन्ने कुरा सोचेको थिएन। अब पार्टीले पराजयको कारणहरूको समीक्षा गर्नेछ। यसपल्ट विशेष गरेर युवा उम्मेद्वारहरू चुनाउ मैदानमा थिए। गत पल्टको सिलगढी नगरनिगम चुनाउमा वामफ्रण्टले 23 वटा वार्डमा जितेको थियो भने यसपल्ट घटेर मात्र 4 वटा वार्ड जित्न सफल भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *