सभाधिपति उत्तरा बर्मनले गरिन् राजगञ्जमा पक्का सड़क निर्माण कार्यको शिलान्यास

राजगञ्ज : जलपाईगढी जिल्ला परिषदकी सभाधिपति उत्तरा बर्मन आज राजगञ्जमा पक्का सड़क निर्माण कार्यको शिलान्यास गरिन्। जलपाईगढी जिल्ला परिषदको पहलमा लगभग 1 करोड़ 10 लाख रुपियाँको लागतमा राजगञ्ज ब्लकको मन्तादारी ग्राम पञ्चायत अन्तर्गत पर्ने मिलनपल्लीदेखि बोदागञ्जसम्म लगभग 13 किलोमिटर पक्का सड़कको निर्माण भइरहेको छ। स्थानीय मानिसहरूको धेरै समय अघिदेखिको पक्का सडकको माग रहेकोले आज जलपाईगढी जिल्ला परिषदको पहलमा उक्त सडक निर्माण कार्यको शिलान्यास गरिएको उत्तरा बर्मनले बताइन्। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर राय, मन्तादारी अञ्चल प्रधान दीपक विश्वास, हरिपद राय, धनेश बर्मन, धरनी राय लगायत अन्य मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *