सभानेत्री पापिया घोषले घोषणा गरिन् पञ्चायत समितिको अध्यक्ष र उपाध्यक्षहरूको नाम

सिलगढी : सिलगढी महाकुमा परिषद चुनाउको परिणाम घोषणा भएपछि राज्यका नेतृत्वको निर्देशमा आज दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस सभानेत्री पापिया घोषले दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर पञ्चायत समितिका अध्यक्ष र उपाध्यक्षहरूको नामको घोषणा गरिन्। मतिगढा ब्लकको पञ्चायत समितिकी अध्यक्ष प्रतिमा राय तथा उपाध्यक्ष सुशान्त घोष, नक्सलबारी ब्लकको पञ्चायत समितिका अध्यक्ष आनन्द घोष र उपाध्यक्ष सजनी सुब्बालाई चयन गरिएको छ। यसैगरी, खोरीबारी ब्लकको पञ्चायत समितिकी अध्यक्ष रत्ना सिंह राय, उपाध्यक्ष मोनिका राय सिंह, फाँसीदेवा ब्लकको पञ्चायत समितिकी अध्यक्ष रीना एक्का र उपाध्यक्ष चन्द्र मोहन रायलाई चयन गरिएको छ। सभानेत्री पापिया घोषले आज यी 8 जना नाम घोषणा गरिन्। यस सम्बन्धमा तिनले भनिन्, आगामी 25 जुलाईमा प्रधान र उप प्रधानको नामको सूची आफूहरूसमक्ष आएपछि  26 जुलाईको दिन सिलगढी महाकुमा परिषदको सभाधिपति, पञ्चायत समितिका अध्यक्ष, उपाध्यक्ष, प्रधान उप प्रधान सबैले मतिगढा 1 नम्बर ब्लक शिव मन्दिर आठारोखाई सरोजिनी खेल मैदानमा शपथ ग्रहण गर्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *