सभासद अनोश थापाद्वारा अग्नि पिडित परिवारलाई राहत सामग्रीहरू प्रदान

सोनादा (निसं) : सोनादा पचेङ समष्टि अन्तर्गत भालुटार गाउँ निवासी पेम्बा तामाङको भान्सा घरमा गत 1 अप्रेलको राति अचानक आगलागी भएर नष्ट भएको थियो। उक्त आगोको चपेटमा परेर घरको सर-सामानहरू जलेर स्वाहा भएका थिए। गाउँलेहरूको सहयोगमा आगोलाई नियन्त्रणमा लिएर पेम्बा तामाङको ठूलो घर अनि छिमेकीको घरलाई वचाउन सफल भएको थियो। उक्त घटनाको खबर पाएपछि सोनादा पचेङ समष्टिको कार्यकारी सभासद अनोश कुमार थापालाई दिएपछि आज घरका अवश्यक सामानहरू लिएर पिडित दम्पतिलाई प्रदान गरेका छन्। पिडित दम्पतिले सभासद अनोश थापा अनि टोली साथै गाउँवासीलाई कृतज्ञता प्रकट गरेका छन्। सभासद थापाको टोलीमा सोनादा पचेङ समष्टि सभापति सोनाम लामा, महासचिव सुकदेव राई, साङ्गठनिक सचिव दावा भोटिया, खरसाङ महकुमाको प्रचार प्रसार सचिव बसन्त कुलुङ राई, भुतपूर्व सैनिक सदस्य लगायत स्थानीय प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *