सभासद अरूण सिगचीको कार्यालय दार्जिलिङको लुइस जुब्लीमा उद्घाटन

मिरिक (निसं) गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन स्वास्थ्य परिवार जन कल्याण, अल्पसंख्यक एवम् शहरी विकास विभागका कार्यकारी सभासद अरूण सिगचीको कार्यालयको आज सोमबार दार्जिलिङको लुइस जुब्लीमा विधिवत् उद्घाटन गरिये। पण्डितको मन्त्रोच्चारणको साथमा कार्यालयको उद्घाटन गरेपछि सभासद अरूण सिगचीले पुजा अर्चना गरे। यस अवसरमा बोल्दै कार्यकारी सभासद सिगचीले भने, जुन विश्वास र भरोसाले जीटीए प्रमुख कार्यापाल अनित थापाले मलाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन स्वास्थ्य परिवार जनकल्याण, अल्पसंख्यक एवम् शहरी विकास विभागको महत्वपूर्ण पद प्रदान गरेका छन्, उक्त पदलाई जनमुखी बनाउँन र आम नागरिकसित सदैव साथमा रहेर कार्य गर्ने उद्देश्यले आज कार्यालयको उद्घाटन गरिएको हो। तिनले कुनै पनि समय जनताले उक्त कार्यालयमा आफूलाई भेट गर्न सक्ने जानकारी गराउँदै जन सेवा नै आफ्नो प्राथमिकता हुने बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *