सभासद विनय तामाङको सबै जनतासित अनुनय

दार्जिलिङ (निसं): चुनाउ आउँछ जान्छ, यो त लोकतन्त्रको रीत नै हो, जबसम्म लोकतन्त्र प्रजातन्त्र प्रणाली रहन्छ। तबसम्म हामी सबै यस प्रणाली अछुन्न हिस्सा भइ नै रहनेछौ। यसै लोकतन्त्र-प्रजातन्त्रको हिस्सामा हामी सबैले भाग लियौ- आ-आफनो तरिकाले अनि आ-आफनो भुमिका निर्वाह पनि गर्यौ । अब पुनः हामी गाउँ समाज, ईष्टमित्र, बन्धु-बान्धवको सम्बन्ध र साइनोमा फर्केर आउनुपर्छ – एकाअर्काको सम्बन्धभन्दा अरू कुनै सम्बन्ध विशेष हुँदैन। यसोसले सबै-सबैले आपसी मतभेद भुलेर गाउँ समाज अनि आफ्नो क्षेत्रलाई शान्ति राख्दै विकासको पथ अग्रसर गर्ने हामी सबैले प्रण गरौं।
हालैको पञ्चायत चुनाउको परिणाम भोलि तपाई हामी सबैको अघि आउने नै छ । जीत अनि हार, सफलता अनि असफलता, सुख अनि दुःख- हामी प्रत्येकको जीवनको अभिन्न हिस्साहरू हुन्। जसले पनि भोली जीत हासिल गर्नेछन् उनीहरूले सो जीत उनीहरूको आफ्नो जीत नभएर गाउँ समाज र आफ्नो क्षेत्रहरूको जीत सम्झनु पर्नेछ। जो पनि पराजय हुनेछन् उनीहरूले पनि सो पराजयलाई खुशीसित स्वीकार गर्दै आफ्नो गाउँ समाजलाई धन्य ठान्दै गाउँ समाजको उत्थानको निम्ति आफुलाई अझ समर्पित गर्ने अभिप्राय: राखे, यसलाई जित्नेको जीतभन्दा पनि ठुलो जीत हुनेछ। पराजय हुनु भनेको जीवनमा अमुल्य शिक्षा पाउनु हो। जस-जसको पनि पराजय हुनेछन् उनीहरूले यही सम्झनुपर्छ यो खेप हारेको तर जीवन हारेको होइन। अङ्ग्रेजीको भनाई – ” Show must go on ” अतार्थ ” शो जारी राख्नुपर्छ। ” अन्तमा, यो चुनाउमा आ-आफ्नो गाउँ घरको बाटो-घाटोहरूमा अनि देवलहरूमा पोस्टर, फेल्क्स, झण्डा आदि लगाएका छन्, ती सबै उम्मेदवारहरू, समर्थकहरू अनि गाउँ समाजका सचेत नागरिकहरू भएर सर-सफाई गरी स्वच्छ परिवेश र वातावरण सृजना गरौं। भोली चुनाउ परिणामको अवधि अनि त्यसपश्चातको समयमा हामीले हाम्रो गाउँ-घर अनि दार्जिलिङ पहाड लगायत बङ्गालमा शान्ति राखौं भनी जारी विज्ञप्तिमा जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *