सभासदद्वय प्रणाम रसाईली र मणिप्रसाद राईले गरे बड़ा मंगवाको निरीक्षण साथै सभा सम्पन्न

खरसाङ (निसं): जीटीए बागवानी विभागको भारप्राप्त एमओडी सभासद प्रणाम रसाईली अनि तकलिङ पेशोक समष्टि सभासद मणिप्रसाद राईको प्रमुख उपस्थितिमा कृषि, गाई पालन, मौरी पालन, फूलको खेती इत्यादि विषयमा तकलिङ पेशोक समष्टि अन्तर्गत बड़ा मंगवाको निरीक्षण गर्नको साथै यहाँको सार्वजनिक भवनमा एउटा सभा सम्पन्न गरियो। यस सभाको सञ्चालन तकलिङ पेशोक समष्टीको साङ्गठनिक सचिव सुरज छेत्रीले गरेका थिए।


मेरो गाउँ, मेरो गर्व‘-को नारालाई आत्मासाथ गर्दै जीटीए मुख्य कार्यपाल अनित थापाको सकारात्मक सोंचलाई अघि बढाउँदै यसरी गाउँ बस्तीमा पुगेर पौरखी हातहरुलाई स्वनिर्भर बनाउने प्रयास गरिरहेको कुरा विभागीय एमओडी सभासद प्रणाम रसाईलीले आफ्नो सम्बोधनमा बताए। पोली हाउस, गाई पालन, ब्युटिसियन, खेतीपाती, मौरी पालन, सुन्तला खेती, फूल खेती  इत्यादि विषयमा सभासद प्रणाम रसाईलीले सहज अनि प्रष्ट रूपमा उपस्थित समुदायलाई जानकारी गराएका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै विभागीय एमओडी सभासद प्रणाम रसाइली, तकलिङ पेशोक समष्टीको सभासद मणिप्रसाद राई र साङ्गठनिक सचिव सुरज छेत्रीले सभा विषयमा विस्तृत रुपमा जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *