सभासदहरूद्वारा मिरिक थर्बु बहादुर गाउँको स्थलगत भ्रमण

मिरिक (निसं): मिरिक थर्बु डुप्टिन समष्टिका एमओडी सभासद मिलेश राई अनि सियोक गोपालधारा ओकाइटी समष्टिका एमओडी सभासद धुर्व बोम्जनले यहाँको थर्बु बहादुर गाउँको आज परिभ्रमण गरे। तिनीहरूले यहाँको सडक, आईसीडीएस भवन, सब सेन्टर आदिको स्थलगत भ्रमण गरे। यस अवधि सभासदहरूले यहाँको सडकमा चाँडै अलकत्रा बिछ्याउने अनि आईसीडीएस भवनको मरमति गरिदिने आश्वसन पनि दिए। सभासद मिलेस राईले चुनाउको समयमा गाउँ घरमा पुग्दा धेरै समस्या देखेकोले गर्दा जसको स्थलगत निरीक्षण गर्ने उद्देश्यले भ्रमण गर्न आएको जानकारी गराउँदै क्षेत्रमा देखा परेको अभाव र समस्यालाई जीटीए मार्फत समाधान गर्ने तिनले आश्वासन दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *