सभासदहरूलाई मिरिकका ब्याटमिन्टन क्लबद्वारा संवर्द्धना

मिरिक (निसं): मिरिक ब्याटमिन्टन क्लबले आज शुक्रबार गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभा मिरिक महकुमाको तीनवटा समष्टिका नव निर्वाचित सभासदहरूलाई सौरेनीमा एउटा कार्यक्रममा संवर्द्धना जनाइयो। मिरिक ब्याटमिन्टल क्लबका प्रवक्ता रितेस गुप्ताले सञ्चालन गरेको कार्यक्रममा जीटीए स्वास्थ्य परिवार जनकल्याण एवम् अल्पसंख्यक विभागको सौरेनी समष्टिका कार्यकारी सभासद अरूण सिग्ची, पर्यटन विभाग मिरिक क्षेत्र सियोक गोपालधारा समष्टिका सभासद धुर्ब बमजन र पीएचई विभाग मिरिक क्षेत्र मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईलाई संवर्द्धना पत्र अनि खदा प्रदान गरेर सम्मान जनाइयो। संवर्द्धना पत्र मिरिक ब्याटमिन्टन कल्बका अध्यक्ष अविनाश ठकुरीको बाहुलीबाट प्रदान गरियो। यस अवसरमा हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राई पनि उपस्थित थिए। अर्कोतिर, संवर्द्धना पत्र ग्रहण गरेपछि सभासदहरूले मिरिक ब्याटमिन्टन क्लबले खेलकुदको क्षेत्रमा गरिरहेको कार्यलाई प्रशंसा गर्दै भविष्यमा खेलकुदको क्षेत्रमा पनि धेरै कार्य गरिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *