सभासद कल्पना प्रधान र मनोनित सभासद प्रणाम रसाइलीलाई लङ्भ्युमा संवर्द्धना

खरसाङ (निसं) : खरसाङको पंखाबारी लङ्भ्यु अम्बटे समष्टिको कार्यकारी सभासद कल्पना प्रधान अनि मनोनित सभासद प्रणाम रसाइलीलाई लङ्भ्यु केराबारी सार्वजनिक भवनमा संवर्द्धना जनाइयो। भीम थापाको सभापतित्वमा सम्पन्न संवर्द्धना कार्यक्रमको शुरूवातमा लङ्भ्यु परिवर्तन मुभमेन्ट-का नानीहरूले स्वागत गीत प्रस्तुत गरे। प्रवेश लामगादेले सञ्चालन कार्यक्रमलाई कार्यकारी सभासद कल्पना प्रधान, मनोनित सभासद प्रणाम रसाईली, समष्टि प्रमुख सल्लाहकार याङडुप लामा, सेमिका लामा आदिले सम्बोधन गरे। सम्बोधनको क्रममा मनोनित सभासद प्रणाम रसाईलीले भेलाकूप क्षेत्रको मूल समस्या बाटो र सार्वजनिक भवन रहेको र जीटीएमार्फत् नै उक्त समस्याको समाधान गरिने बताए।


यसैगरी, समष्टि सभासद कल्पना प्रधानले आफूलाई संवर्द्धना गरेकोमा साथै चुनाउमा विपुल मतले विजय गराएको बुथ नम्बर 225 (भेलाकूप, गोदामधुरा, मुन्सीधुरा)-का जनता साथै प्रतिनिधिहरूलाई धन्यवाद दिइन्। आफ्नो पहिलो प्राथमिकता नै क्षेत्रको विकास रहेको र यसको निम्ति सबैले धैर्यको साथ कार्य गर्न पर्ने बताइन्। तिनले भेलाकूप क्षेत्रमा भएको हाई टेन्सन बिजुलीको लाइनको एउटा पोल सारिएको साथै अन्य हाई टेन्सन पोलहरूको समस्या समाधान गर्न विभागीय पहल भइरहेको जानकारी गराइन्। लङ्भ्यु चियाबारीको वर्तमान स्थितिलाई लिएर आफु चिन्तित रहेको साथै बगानको समस्यालाई समाधान गर्न लगातार मालिक पक्षसँग सम्पर्कमा रहेको पनि जनाइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *