सभासदद्वय मिलेश राई, धुर्व बोम्जन अनि नगर अध्यक्ष एलबी राईद्वारा मिरिक प्राथमिक स्वास्थ्य केन्द्रको भ्रमण

मिरिक (निसं): मिरिक थर्बु डुप्टिन समष्टिका एमओडी सभासद मिलेश राई, सियोक गोपालधारा ओकाइटी समष्टिका एमओडी सभासद धुर्व बोम्जन अनि मिरिक नगरपालिका अध्यक्ष एलबी राईले आज यहाँको खण्ड प्राथमिक स्वास्थ्य केन्द्रको भ्रमण गरेर वस्तुस्थितिको जायजा लिए। यस अवधि तिनीहरूले कर्मचारीहरूसँग पनि भेटघाट गरे। भ्रमणपछि पत्रकारहरूसँग कुराकानी गर्दै सभासद मिलेश राईले आज आफुहरूले मिरिक प्राथमिक खण्ड स्वास्थ्य केन्द्रको भ्रमण गरेर यहाँको समस्याहरू बुझ्ने कोशिश गरेको बताए। तिनले मिरिक बीपीएचसी महकुमावासीको निम्ति एउटा प्रमुख अस्पताल रहेको बताए। अस्पतालको भ्रमण अवधि आज यहाँको बीएमओएच छुट्टीमा रहेको कारण तिनीसँग भेट हुन नसके तापनि अन्य पदाधिकारीहरूसँग भेट गरेर समस्याहरू बुझेको तिनले बताए। यसको साथै विगतमा उक्त अस्पतालको जीटीएका कार्यकारी सभासद अरूण सिग्चीले पनि भ्रमण गरिसकेको बताउँदै तिनले यहाँको समस्याको समाधान गर्नका लागि चाँडो कुरा राखिने आश्वासन दिए। तिनले अस्पतालमा धेरै समस्याहरू रहेको र यसलाई यथाशिघ्र समाधान गर्नका लागि आफुहरू लागी पर्ने बताए। अस्पतालको भ्रमणपछि तिनीहरूले निर्माणाधिन एकोरियमको पनि परिभ्रमण गरे भने उक्त एकोरियमको कतिपय कार्य थाँतीमा रहेकोले ती कार्य पनि चाँडै पुरा गरिने सभासद राईले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *