सभासद रतन थापाको बाहुलीबाट मङ्पुमा मिरेन लामा पथको उद्घाटन

मङ्पु (निसं): मङपू रेसेप ग्राम पञ्चायत अन्तर्गत भानुटोलको सडकको उद्घाटन जीटीए क्षेत्रीय कार्यकारिणी सभासद रतन थापाको बाहुलीबाट गरियो। उक्त पथको नाम स्वर्गीय मिरेन लामा पथ राखिएको छ। स्वर्गीय मिरेन लामा 1986 सालदेखि नै एकजना साहसी तथा जुझारु नेता थिए। तिनले आफ्नो कार्य अवधि मङपू क्षेत्रमा धेरै बिकासका कामहरू गरेका थिए। आफ्नो गाउँमा बाटोको निर्माण भएको हेर्ने आफु लगायत गाउँलेहरूको सपना पुरा भए तापनि तिनी हाल यस संसारमा छैनन्। तिनको गत वर्ष नै देहान्त भयो। तिनी आफु आफ्नो गाउँको अलकत्रे बाटोमा हिडन नपाए तापनि गाउँको निम्ति तिनले अलकत्रे सडक बनाएर मात्र गए। यसैले आज स्थानीय गाउँलेहरु अनि सभासद रतन थापाले उक्त पथको नाम मिरेन लामाको नाममा समर्पण गरेको बताइएको छ।


यसरी नै, आज क्षेत्रीय सभासद रतन थापाले प्रणामी मन्दिर रोडको शिलान्यास गर्नको साथै रेसेप विभागमा नवनिर्माण हुन गइरहेको सार्वजनिक भवनको परिभ्रमण गरे। यस अवसरमा सभासद रतन थापाको साथमा भागोप्रमो केन्द्रिय सदस्य राम पोख्रेल, मङपु भागोप्रमो सभापति गगन राई, सचिव अनिल थापा, दार्जिलिङ महकुमा समिति पीआरओ बिज्ञान मिश्र, युवा एकाई प्रवक्ता अनित खाती लगायत पार्टीका शीर्ष नेतृत्वहरू उपस्थित थिए। सभासद रतन थापाले पत्रकारहरुलाई सम्बोधन गर्दै मङपु जनमैदानलाई पनि जीटीएले स्टेडियम निर्माण गर्ने भएकोले आज नै इञ्जिनियरहरुद्वारा मैदानको परिभ्रमण गरेर सर्वे गर्नको साथै नापजोक पनि गरेको बताए। मङपुदेखि लाब्दा बस्ती हुँदै खरसाङ जाने सडकको निर्माण काम किन पूरा हुन नसकेको भनी पत्रकारले प्रश्न गर्दा सभासद थापाले त्यस सडक निर्माणको केही क्षेत्र वन विभाग अनि वाईल्ड लाइफ क्षेत्रमा परेको कारणले काममा बाधा पुगेको कुरा बताउँदै आफ्नो कार्यकालमा नै त्यो काम पूरा गर्ने बचन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *