सभासद श्याम शेर्पाद्वारा टिभी सेनिटोरियम र खहरेस्थित वृद्धाश्रममा खानेकुरा वितरण

खरसाङ (निसं): खरसाङ चिमनी देवराली समष्टिका सभासद श्याम शेर्पाद्वारा दशैंको अवसरमा खरसाङको टिभी सेनिटोरियम र खहरेस्थित वृद्धाश्रममा गएर खानाहरू वितरण गरे। सभासद श्याम शेर्पाले प्रत्येक वर्ष दशैंको अवसरमा दुवै ठाउँमा गएर बिमारी तथा वृद्ध-वृद्धाहरूलाई खानेकुरो प्रदान गर्नको साथै सहयोग गर्दै आइरहेका छन्। श्याम शेर्पाले सर्वप्रथम खरसाङको टिभी सेनिटोरियम पुगेर त्यहाँ रहेका मोठ 7 जना बिमारीसित भेटघाट गर्नको साथै खाना वितरण गरे। यसैगरी, तिनले खरसाङको खहरेस्थित सहयोगी हातद्वारा सञ्चालित वृद्धाश्रमका मोठ 6 जना वृद्ध-वृद्धाहरूसित भेट गरेर खानाहरू वितरण गरे।


 

सभासद श्याम शेर्पाले भने, दशैंको उपलक्ष्यमा प्रत्येक वर्ष टिभी सेनिटोरियम र खहरेको वृद्धाश्रममा आउने जाने गरेकोले यसपाली आएको बताए। तिनले घर परिवारदेखि टाढा रहेका बिमारीहरू तथा वृद्धाश्रमका वृद्ध-वृद्धाहरूसित दशैंको खुशीयाली बाढ्न र आशिर्वाद लिन आउने गरेको बताए। सभासद श्याम शेर्पा प्रत्येक वर्ष यहाँ आउने गरेको र यसपाली पनि आएर वृद्ध-वृद्धाहरूसित दशैं मनाउँदै यसरी सहयोग गरेकोमा वृद्धाश्रमकी प्रमुख सुमित्रा राईले आभार प्रकट गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *