सबुज साथी परियोजना मार्फत् मन्त्री गौतम देवले वितरण गरे विद्यार्थीहरूलाई साइकल

राजगञ्ज राज्यका पर्यटन मन्त्री गौतम देवले आज फुलबारी हाई स्कुलका विद्यार्थीहरूलाई सबुज साथी परियोजना मार्फत् साइकल वितरण गरे। आज स्कुल प्राङ्गणमा एउटा कार्यक्रमबीच दशौँ श्रेणीका विद्यार्थीहरूलाई साइकल वितरण गर्नको साथै स्कुलको आर्थिक कोषबाट निर्मित नयाँ अफिस, कम्प्युटर ल्याब्रोटरी र आईसीटी रूमको विधिवत् रूपमा उद्घाटन गरे।


उक्त विद्यालयको दशौँ श्रेणीका मोठ 273 जना विद्यार्थीहरूलाई सरकारको छैटौँ चरणको सबुज साथी परियोजना मार्फत् साइकल वितरण गरिएको बताइएको छ। आजको कार्यक्रममा जलपाईगढी जिल्ला परिषद्को शिक्षा, संस्कृति तथा क्रीडा अध्यक्ष देवाशीष प्रामाणिक, स्कुलका शिक्षक-शिक्षिकाहरू लगायत इलाकाका प्रतिनिधिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *