सड़क अवरोध गरेर विरोध प्रदर्शनी

कुचबिहार : कुचबिहार नगरपालिकाको 12 नम्बर वार्ड नगर परिसेवाको अवस्था बेहाल रहेको आरोप लगाउँदै स्थानीय मानिसहरूले सड़क अवरोध गरेर विरोध प्रदर्शनी गरे। बुधबार बिहान कुचबिहार शहरको चाकिर मोड़ इलाकामा भेला भएर स्थानीय मानिसहरूद्वारा विरोध प्रदर्शनी गरियो। इलाकाको बाटोको अवस्था राम्रो नभएको साथै पिउने पानीको समस्या लगायत नालीमा फोहोर, मैला फ्याँक्ने गरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। यसबारे पार्षदलाई धेरैपल्ट अवगत गराए तापनि कुनै कदम नउठाएको प्रदर्शनकारीहरूको आरोप रहेको छ। यसैले गर्दा इलाकाका मानिसहरूले विरोध प्रदर्शनी गरेर पथ अवरोध गरेको बताइएको छ। यस घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *