सडक बीचमा ठुल्ठुला खाल्डो परेकोले ट्राफिक पुलिस कर्मीहरूद्वारा सडक मरमति

राजगञ्ज : सडक बीचमा ठुल्ठुला खाल्डो परेकोले ट्राफिक पुलिस कर्मीहरूले यसको मरमति गर्ने पहल गरेको छ। आज आमबारी रेलगेट अघि यस प्रकारको दृश्य देखापर्यो। प्राप्त जानकारी अनुसार सिलगढीबाट गाजलडोबातर्फ जाने एकमात्र सडक धेरै समय अघिदेखि जर्जर अवस्थामा रहेकोले सबै वाहनहरू आमबारी भएर चलाचल गरिरहेको छ। आमबारी रेल गेटअघि ठुल्ठुला खाल्डो भएकोले गर्दा प्रायःजसो यहाँ दुर्घटना हुने गर्दछ। यसैले क्यानल मो ट्राफिक गार्डको ट्राफिक पुलिस कर्मीहरूले उक्त सडकको मरमति गरिरहेका छन्। आज पुलिसकर्मीहरूले कोदालोको सहयोगमा सडकको खाल्डोहरू पुर्दै गरेको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *