सडक दखलमुक्त गराउन विधान मार्केट व्यवसायी समितिको अभियान

सिलगढी : सडक दखलमुक्त गराउनको लागि विधान मार्केट व्यवसायी समितिले आज अभियान चलायो। धेरै दिन अघिदेखि केही व्यवसायीहरूले सिलगढी विधान मार्केटमा सडक दखल गरेर व्यापार चलाइरहेका छन्। सडक दखल गरेर दोकानको समानहरू राखिरहेको छ। यसबाहेक फुटपाथ दखल गरेर व्यवसाय गरिरहेकोले गर्दा बजारमा आउने ग्राहकहरूलाई निक्कै समस्या भइरहेको छ। यसको साथै विधान मार्केटमा जामको समस्या हुने गर्दछ। यसैले आज विधान मार्केट व्यवसायी समितिले सडक दखलमुक्त गराउने उद्देशेय अभियान चलायो। यस अभियान अवधि धेरैवटा दोकान अघि राखेको समानहरू हटाइयो। यस प्रकारको अभियान लगातार जारी रहने साथै अबउसो सडक दखल गरेर समानहरू राखेको खण्डमा कठोर व्यवस्था अप्नाउने व्यवसायी समितिका सदस्यहरूले बताए।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *