सड़क दुर्घटनामा महिलाको मृत्यु

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको तासाटी चियाकमान संलग्न इलाकामा कुहिरो कारण भएको सडक दुर्घटनामा एउटी महिलाको मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार एउटा ट्रक वीरपाड़ादेखि फालाकाटातर्फ गइरहेको समय तासाटी चियाकमान नजिक अनियन्त्रित भएर सडक किनारमा साइकल लिएर उभिरहेकी महिलालाई धक्का दिएपछि उक्त ट्रक एउटा खाल्डोमा पल्टियो। उक्त ट्रकको धक्काले घटनास्थलमै महिलाको मृत्यु भएको बताइएको छ। मृतक महिला तासाटी चियाकमानको क्वार्टर लाइन निवासी 37 वर्षीय पिङ्की उरावको रूपमा चिन्हित गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *