सडक दुर्घटनामा 3 जना माध्यमिक परिक्षार्थी घाइते

सिलगढी : माध्यमिक परीक्षा दिन गइरहेको समय दुईवटा बाइक आपस्तमा ठोक्किँदा 3 जना विद्यार्थी घाइते भएका छन्। तीमध्ये फाँसीदेवा उच्चतर विद्यालयका छात्र मोहम्मद राहित गम्भीर रूपमा घाइते भएपछि तिनलाई फाँसीदेवा ग्रामीण अस्पतालमा भर्ना गरिएको छ। तिनले अस्पतालबाट नै परीक्षा दिइरहेका छन्।


मोहम्मद राहितको साथी पूर्ण रायले बताएअनुसार बाइकमा सवार भएर परीक्षा केन्द्र फाँसीदेवाको नजरूल शतवार्षिक विद्यालय गइरहेको समय उक्त दुर्घटना भएको हो। अर्कोतिर, घाइते अन्य दुई विद्यार्थीलाई प्राथमिक उपचारपछि छुट्टी दिएपछि तिनीहरूले फाँसीदेवा ज्योतिनगर आवासिक बालिका विद्यालयमा माध्यमिक परीक्षा दिइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *