सडक दुर्घटनामा 3 जना घाइते

धुपगुडी : धुपगुडी बस स्ट्याण्ड क्षेत्रमा एउटा ट्रक अनि मारुति भ्यान ठोक्किएर दुर्घटना ग्रस्त भएको छ। उक्त दुर्घटनामा सत्तार अली, रेजुल करीम अनि मकबूल हुसैन नाम गरेका व्यक्तिहरू गम्भीर रूपले घाइते भएका छन्। उक्त दुर्घटनापछि इलाकामा धेरै समय़सम्म ट्राफिक जामको समस्या देखा पर्यो। पुलिसले घटनाको खबर पाएर घटनास्थलमा पुगेपछि घाइतेहरूलाई अस्पताल पठाउनको साथै जाँच शुरू गरेको बताइएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *