सड़क दुर्घटनामा दुईजना घाइते

खोरीबारी : गत अबेर राति सड़क दुर्घटनामा दुईजना व्यक्ति घाइते भएका छन्। घाइतेहरू क्रमैले तरुण मण्डल र रोनी मण्डलको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति एउटा चार चक्के वाहन बतासीबाट पानीट्याङ्कीतर्फ गइरहेको समय वाहन अनियन्त्रित भएर सड़क किनारमा रहेको एउटा पोलमा ठोक्किँदा चालक सहित दुईजना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरेर नक्सलबारीको एउटा निजी अस्पतालमा भर्ना गरिएको छ।  घटनाको जानकारी पाएर खोरीबारी पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *