सडक दुर्घटनामा युवकको मृत्यु

अलिपुरद्वार:  सडक दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ। उक्त घटना हिजो राति मदारीहाट वीरपाडा ब्लकको राङ्गालीबाजना इलाकाको 48 नम्बर हाईवेमा घटेको हो। मृतक युवक वीरपाडा निवासी 24 वर्षीय अविनाश साहको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार अविनाश साह बाइकमा सवार भएर द्रूत गतिमा घर फर्किरहेको समय राङ्गालीबाजना इलाकाको 48 नम्बर हाईवेमा एउटा डम्परले ट्रनिङ काटिरहेको समय उक्त बाइकले डम्परलाई धक्का दिँदा घटनास्थलमै युवकको मृत्यु भएको बताइएको छ। इलाकामा जडान गरिएको सीसीटीभ क्यामारा उक्त दुर्घटना कैद भएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *