अलीपुरद्वार, 26 नोभेम्बर (निसं): श्राद्धकर्मबाट फर्किँदा सडक दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य एक व्यक्ति घाइते भएका छन्। यो घटना सोमबार राति कुमारग्राम ब्लकको राधानगर नजिकको क्षेत्रमा भएको हो।
प्राप्त जानकारी अनुसार, डम्परको चपेटमा परेर एकजना व्यक्तिको मृत्यु भएको हो। मृतकको नाम तपन दास बताइएको छ। घटनापछि इलाकामा निकै तनावपूर्ण वातावरण देखा परेको थियो। स्थितिलाई नियन्त्रणमा ल्याउन बारोबीशा आउट पोस्ट थानाबाट धेरै संख्यामा पुलिसको टोली घटनास्थलमा पुगेको थियो। शव राति नै उद्धार गरिएको थियो। आज बिहान उक्त शवलाई पोस्टमार्टमको लागि पठाइएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।