सड़क दुर्घटनामा एकजनाको मृत्यु

जलपाईगढी : जलपाईगढी गोशाला मोड़ राष्ट्रिय राजमार्गमा सड़क दुर्घटनामा अज्ञात व्यक्तिको मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार सोमवार अबेर राति उक्त व्यक्ति रङ्गधामालीबाट साइकलमा सवार भएर आइरहेको समय एउटा ट्रकको चपेटमा पर्दा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनापछि ट्रक चालकले सुइँकुच्चा ठोके। उक्त इलाकामा केही समयको लागि यातायातको समस्या सृजना भए तापनि घटनाको खबर पाएर कोतवाली थानाका आईसी विश्वाश्रय सरकार तथा ट्राफिक ओसी शान्ता शीललगायत विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर शव उद्धार गर्नको साथै परिस्थितिलाई नियन्त्रणमा ल्याएको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *