सडक दुर्घटनामा बाइक सवारको मृत्यु, स्वास्नी गम्भीर घाइते

सिलगढी :  राष्ट्रिय राजमार्ग 31 अन्तर्गत पर्ने 7 माइलमा भर्खरै भएको सडक दुर्घटनामा मोटर साइकल (WB92D5375)-मा सवार एकजना युवकको मृत्यु भएको छ भने तिनकी स्वास्नी गम्भीर रूपमा घाइते भएका छन्। घटनाक्रमअनुसार आज बुधबार दिउँसो 7 माइल क्षेत्रको राष्ट्रिय राजमार्गमा बाइकमा सवार भएर गइरहेको समय भएको दुर्घटनामा दक्षिण दिनाजपुरको खुशमान्डी निवासी लगभग 32 वर्षीय तपस सिङ्घको घटनास्थलमै मृत्युपछि तिनलाई सिलगढी जिल्ला अस्पतालमा लगिएको छ भने तिनीसँगै बाइकमा सवार स्वास्नी रानी सिङ्घलाई गम्भीर घाइते अवस्थामा सिलगढीको एउटा निजी अस्पतालमा उपचारको निम्ति लगिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *