सड़क दुर्घटनामा युवकको मृत्यु

रायगञ्ज: लरीको धक्काले 35 वर्षीय लटरी बिक्रेता मोन्ताज अलीको मृत्यु भएको छ। घटना उत्तर दिनाजपुर जिल्लाको रायगञ्ज थानाको गोविन्दपुर इलाकाको हो। स्थानीय सूत्र अनुसार शुक्रवार साँझ मोन्ताज अली रायगञ्ज थानाको गोविन्दपुर इलाकाबाट लटरी बेचेर घर फर्किरहेको समय रायगञ्ज-बालुरघाट 10 नम्बर राजमार्गमा एउटा लरीले अनियन्त्रित भएर धक्का दिँदा तिनी गम्भीर रूपमा घाइते भए। यसपछि स्थानीय मानिसहरूले तिनलाई रायगञ्ज मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरे। तर आज बिहान तिनको उपचाराधिन अवस्थामा मृत्यु भएको छ। रायगञ्ज पुलिसले घटनाको जाँच गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *