सडक दुर्घटनामा व्यक्तिको मृत्यु

सिलगढी : मेडिकल मोड संलग्न दुर्गा मन्दिरको चिडियामोड इलाकामा सडक दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति चिडियामोड निवासी रोमी रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानाकरीअनुसार आज अपरान्ह 4 बजी रोमी राय बाइकमा सवार भएर गइरहेको समय सडकको माझमा राखिएको ब्यारिकेटलाई धक्का दिँदा उक्त बाइक पल्टिँदा तिनी गम्भीर रूपमा घाइते भएको बताइएको छ। गम्भीर घाइते अवस्थामा स्थानीय मानिसहरूको सहयोगमा तिनलाई उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर मतिगढा थाना पुलिस घटनास्थलमा पुगेर घटनाको छानबीन शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *