सड़क दुर्घटनामा 1 जनाको मृत्यु, अन्य 2 जना घाइते

फाँसीदेवा : 31 नम्बर राष्ट्रिय राजमार्गमा सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य 2 जना घाइते भएका छन्। मृतक व्यक्ति विधाननगर निवासी सौरभ बख्शीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज फाँसीदेवाको विधाननगरबाट सिलगढी आइरहेको समय 31 नम्बर राष्ट्रिय राजमार्गमा एउटा वाहन अनियन्त्रित भएर सड़क किनारको बिजुलीको खाँबोसित ठोक्किँदा चालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ। यसको साथै वाहनमा सवार अन्य 2 जना घाइते भएका छन्। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर विधाननगर प्राथमिक अस्पतालमा लगे तापनि पछि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ। अर्कोतिर, शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *