सड़क दुर्घटनामा 2 जना किशोर घाइते

राजगञ्ज : ट्युसन पढेर घर फर्किरहेको समय सडक दुर्घटना हुँदा 2 जना किशोर गम्भीर रूपमा घाइते भएका छन्। उक्त घटना आज बिहान फुलबारी-आमबारी क्यानल रोडस्थित फुलबारी 2 नम्बर ग्राम पञ्चायतको लक्ष्मीजोत इलाकामा घटेको हो। घाइतेहरू लक्ष्मीजोत इलाका निवासी जय राय (12) र द्वीप राय (10) हुन् भने तिनीहरू आफन्तका दाजु-भाइ हुन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान दुई दाजु-भाइ साइकलमा सवार भएर ट्युसन पढेर घर फर्किरहेको समय एउटा वाहनले पछिल्तिरबाट धक्का दिँदा दुवैजना गम्भीर रूपमा घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर फुलबारीस्थित एउटा निजी अस्पतालमा भर्ना गरिएको छ। घटनापछि वाहन चालकले घटनास्थलबाट सुइँकुच्चा ठोक्ने प्रयास गरे तापनि स्थानीय मानिसहरूले उक्त वाहनको पछि गरेर चालकलाई पक्राउ गरेको छ।  घटनाको खबर पाएर जलपाईगढी पुलिस घटनास्थलमा पुगेर चालकलाई हिरासतमा लिएर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *