सडक दुर्घटनामा 2 जनाको मृत्यु, अन्य 6 जना घाइते

राजगञ्ज : सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको जटियाकाली संलग्न राधाबारी पेट्रोल पम्प अघि आज बिहान मर्मान्तिक सडक दुर्घटना 2 जनाको मृत्यु भएको छ भने अन्य 6 जना घाइते भएका छन्। स्थानीय सूत्रले दिएको जानकारीअनुसार आज बिहान 6 बजी जलपाईगढीबाट एउटा मारूती वाह सिलगढीतर्फा आइरहेको समय राधाबारी इलाकामा रोकेर राखेको एउटा ट्रेलर वाहनलाई धक्का दिँदा 2 जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य 6 जना घाइते भएको बताइएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस र दमकल वाहिनी घटनास्थलमा पुगेर स्थानीय मानिसहरूको सहयोगमा वाहनमा अड्केका 8 जना यात्रीहरूलाई उद्धार गरे। तीमध्ये 2 जनाको घटनास्थलमै मृत्यु भइसकेको छ भने अन्य 6 जना घाइतेहरूलाई उपचारको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। पुलिसले वाहन आफ्नो नियन्त्रणमा लिएर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *