सड़क दुर्घटनामा आनन्द विश्वकर्माको मृत्यु

कालेबुङ: सड़क दुर्घटनामा कालेबुङ जिल्लाको पेदोङ काश्योङ कमजेर निवासी आनन्द विश्वकर्माको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार राष्ट्रिय राजमार्ग 10 अन्तर्गत पर्ने तारखोला 12 माइल रम्फु नजिक स्कूटीमा सवार भएर गइरहेको समय तीव्र गतिमा आइरहेको एउटा वाहनले धक्का दिँदा आनन्द विश्वकर्मा लडेर गम्भीर रूपले घाइते भएका थिए। यसपछि तिनलाई उपचारको निम्ति कालेबुङ जिल्ला अस्पताल लगिरहेको समयमा तिनको बाटोमैं मृत्यु भएको बताइएको छ। तिनी तारखोला आईटीडी रेलवे परियोजनामा काम गर्थे। धक्का दिएर घटनास्थलबाट भाग्ने वाहन सिक्किमको रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *