सडक दुर्घटनामा बाइक चालकसहित 5 घाइते

अलिपुरद्वार : एसियन हाइवे दलसिंहपाडा इलाकामा आज भुटानगामी एउटा वाहन र हाँसीमारागामी बाइकसँग ठोक्किएपछि अनियन्त्रित भएर उक्त वाहनले सडक किनारमा भएको अर्को एउटा ट्रकलाई धक्का दिँदा वाहनमा सवार चारजना मानिसहरू घाइते भएका छन्। यसैगरी, वाहनको धक्काले बाइक चालक पनि गम्भीर रूपमा घाइते भएको छ। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर लताबारी ग्रामीण अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरले तिनीहरूलाई अलिपुरद्वार अस्पतालमा रेफर गरिदिएको बताइएको छ। घटनाको जाँच शुरू गरेको जयगाउँ थाना पुलिसले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *