सड़क दुर्घटनामा बाइकमा सवार व्यक्तिको मृत्यु

अलिपुरद्वार: अलिपुरद्वारको वीरपाड़ा थाना अन्तर्गत पर्ने एथेलबाड़ी मोड़ इलाकाको 48 नम्बर एशियन हाईवेमा आज बिहान मर्मान्तिक सड़क दुर्घटनामा बाइक सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। मृतक व्यक्ति ओदलाबारी निवासी 45 वर्षीय सुरेश माझीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार सुरेश माझी बाइकमा सवार भएर गइरहेको समय विपरीत दिशाबाट आइरहेको एउटा लरीले किच्चाएर घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। दुर्घटनापछि एशियन हाईवेमा जामको समस्या देखापर्यो। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *