सडक दुर्घटनामा साइकलमा सवारको मृत्यु

राजगञ्ज : सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको फुलबारीको आमाईदिघी इलाकामा सड़क दुर्घटनामा एकजना साइकल सवार व्यक्तिको मृत्यु भएको छ।  स्थानीय सूत्रले दिएको जानकारी अनुसार गत राति उक्त व्यक्ति साइकलमा सवार भएर कामबाट घर फर्किरहेको समय आमाईदिघी इलाकामा एउटा ट्रेलरसित साइकल ठोक्किँदा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *