सडक दुर्घटनामा एकजना व्यक्ति घाइते

जलपाईगढी :  जलपाईगढीको पातकाटा इलाकामा पथ दुर्घटनामा एकजना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। हालसम्म उक्त व्यक्तिको परिचय थाहा नलागेको बताइएको छ। प्राप्त जानकारीअनुसार उक्त व्यक्ति आज सिलगढीदेखि जलपाईगढीतर्फ गइरहेको समय पातकाटा इलाकामा एउटा ग्यास सिलेन्डर लादिएको वाहनले धक्का दिँदा तिनी गम्भीर रूपमा घाइते भएका छन्। गम्भीर घाइते अवस्थामा स्थानीय मानिसहरूको सहयोगमा तिनलाई अस्पतालमा लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *