सडक दुर्घटनामा एकजना घाइते

फालाकाटा : फालाकाटा ब्लकको दलगाउँ ग्राम पञ्चायत अन्तर्गत पर्ने सालझोडा इलाकामा एउटा बस र वाहन आपस्तमा ठोक्किँदा एकजना व्यक्ति घाइते भएको छ। स्थानीय सूत्रअनुसार आज अपरान्ह एउटा यात्री सवार बस फालाकाटाबाट सिलगढीतर्फ गइरहेको समय सालझोरा इलाका नजिक विपरीत दिशाबाट आइरहेको एउटा वाहनसँग ठोक्किँदा एकजना व्यक्ति घाइते भएको बताइएको छ। घटनाको खबर पाएर जटेश्वर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *