सड़क दुर्घटनामा एकजनाको मृत्यु, 2 घाइते

बालुरघाट :  बालुरघाटको बादामाइलमा सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य दुईजना व्यक्ति घाइते भएका छन्। मृतक व्यक्ति मलय दास अनि घाइतेहरूमा अलीफ शिकदार र पप्पु सरकारको रूपमा सामेल छन्। उक्त दुर्घटनापछि सोमबार राति आक्रोशित मानिसहरूले राष्ट्रिय राजमार्ग अवरोध गरेर सड़कमा आगो लगाइदिनको साथै सडक किनारमा रहेको तीनवटा वाहनमा पनि आगो लगाइदिएको बताइएको छ। घटनाको खबर पाएर बालुरघाट थानाका आईसी गौतम राय, डीएसपी हेडक्वाटर धीमान मित्रलगायत विशाल पुलिस वाहिनी घटनास्थलमा पुगे। यसको साथै दमकलको इञ्जिन पनि घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याएको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *