सडक दुर्घटनामा एकजनाको मृत्यु, एकजना घाइते

इस्लामपुर :  उत्तर दिनाजपुर जिल्लाको गोयालपोखर थानाको पाञ्जीपाड़ा कालीबारी 31 नम्बर राष्ट्रिय राजमार्गमा मर्मान्तिक सडक दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएका छन्। मृतक व्यक्ति सबुज आलम (40) र घाइते व्यक्ति जियाउल हक सामेल छन्। प्राप्त जानकारीअनुसार कुनै कामले गर्दा सबुज आलम र जियाउल बाइकमा सवार भएर पाञ्जीपाड़ा गएका थिए भने त्यहाँबाट घर फर्किरहेको समय कालीबारी इलाकाको 31 नम्बर राष्ट्रिय राजमार्गमा सडक दुर्घटनामा सबुज आलमको घटनास्थलमै मृत्यु भएको छ भने जियाउल गम्भीर रूपमा घाइते भएका छन्। घाइते व्यक्तिलाई उद्धार गरेर इस्लामपुर महकुमा अस्पतालमा भर्ना गरिएको छ। स्थानीय मानिसहरूको अनुमानअनुसार कुनै लरी बाइकलाई धक्का दिएर घटनास्थलबाट चम्पट कसेको बताइएको छ। घटनाको खबर पाएर पाञ्जीपाड़ा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि इस्लामपुर अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *