सड़क दुर्घटनामा घाइते भएका आईजी र एसपी सिलगढी मतिगढाको नर्सिङ होममा भर्ना

सिलगढी : सड़क दुर्घटनामा घाइते भएका आईजी र एसपीलाई मतिगढाको एउटा नर्सिङ होममा भर्ना गरिएको छ भने घाइते वाहन चालकर अंगरक्षकलाई सेभोक रोडस्थित एउटा नर्सिङ होममा भर्ना गरिएको छ। आज बिहान डामडिम नजिक आईजी डीपी सिंहको वाहनसित एउटा ट्रिपर ठोक्किँदा आईजी, एसपी, वाहन चालक र अंगरक्षक घाइते भएका छन्। सिलगढीको सेभोक रोडस्थित नर्सिङ होमका डाक्टर विशाल अभिजीतले बताएअनुसार आईजी र एसपी दुवैको शारीरिक अवस्था स्थिर रहेको छ। यसको साथै सर्जरीको कुनै आवश्यकता नरहेको डाक्टरको भनाइ रहेको छ। अर्कोतिर, आईजीका वाहन चालक हीरालाल बरुई र अंगरक्षक अरूप विश्वासलाई सेभोक रोडस्थित एउटा नर्सिङ होममा भर्ना गरिएको छ। सिलगढी नगरनिगमका मेयर गौतम देव पनि घटनाको खबर पाएर आईजीलाई भेट्न मतिगढा नर्सिङ होम पुगेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *