सडक दुर्घटनामा नानीको मृत्युपछि प्रशासनको खुल्यो आँखा, जाबरभिटामा लगाइयो स्पिड ब्रेकर र ब्यारिकेड्स

सिलगढी : स्कुल गइरहेको समय आज बिहान सड़क दुर्घटनामा परेर 8 वर्षीय छात्रको घटनास्थलमै मृत्यु भएको थियो। उक्त घटनापछि सड़कको बेहाल अवस्था र लापर्वाही रूपमा ट्रकहरूको आवाजाहीलाई लिएर सिलगढीको जाबरभिटा भीआईपी रोड अवरोध गरेर मानिसहरूले आज विरोध प्रदर्शन गरे। दिनभरि नै स्थानीय मानिसहरूले सडकमा बाँस र टीन  फ्याँकेर सड़क अवरोध गरे। स्थानीय मानिसहरूको आरोप अनुसार यस सड़कमा ठुल्ठुला तथा अधिक लोड भएको वाहनहरूको आवाजाही पूर्ण रूपमा बन्द गर्नुपर्छ। घटनाको जानकारी पाएर एडीसीपी ट्राफिक पूर्णिमा शेर्पा, डीसीपी ट्राफिक अभिषेक गुप्ता र डीसीपी सदर जय टुडू घटनास्थलमा पुगे तापनि स्थानीय मानिसहरूले उल्टै तिनीहरूलाई घेराउ गरेर विरोध प्रदर्शन शुरू गरे। यसपछि  पुलिसको हस्तक्षेपमा ढुङ्गा, बलुवा र सिमेन्टको सहयोगमा भीआईपी रोडमा केही स्पीड ब्रेकर र ब्यारिकेड्स बनाइयो। यस घटनापछि उक्त सड़कमा आज यातायात बन्द रहेको थियो। स्मरण रहोस्, आज बिहान ट्रकको चपेटमा आएर 8 वर्षीय अङ्कित रायको मृत्यु भएको थियो भने तिनको दिदी गम्भीर रूपमा घाइते छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *