सडक दुर्घटनामा परेर जलपेश गइरहेका 10 जना श्रद्धालुहरू घाइते

कुचबिहार : माथाभाङ्गा च्याङ्गराबन्दा राज्य राजमार्गको जामालदहमा गत राति 2 बजी सडक दुर्घटनामा परेर जलपेश गइरहेका 10 जना श्रद्धालुहरू गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारी अनुसार 35 जनाको एउटा टोली वाहनमा सवार भएर जलपेश गइरहेका थिए। वाहनमा साउन्ड सिस्टम रहेकोले जामालदह आउटपोस्ट पुलिसले साउन्ड सिस्टम जफत गर्दा तिनीहरूले पुलिससित कुराकानी गरेर फेरि साउन्ड सिस्टम फिर्ता लिएर वाहनमा हालिरहेको समय एउटा ट्रकले धक्का दिँदा 10 जना गम्भीर रूपमा घाइते भएको बताइएको छ। घाइतेहरूलाई उद्धार गरेर जामालदह अस्पतालमा लगिएको छ। पुलिसले ट्रक सहित चालकलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *