सडक दुर्घटनामा प्राण गुमाउने पुलिसकर्मीलाई अन्तिम श्रद्धाञ्जलि

राजगञ्ज : सडक दुर्घटनामा परेर मृत्यु भएको 12औँ सशस्त्र वाहिनीका पुलिसकर्मी तापस बर्मनको पार्थिक शरीर आज बिहान फुलबारी पुलिस ब्यारेकमा ल्याइ पुर्‍याएपछि पुलिसका अधिकारी तथा सहकर्मीहरूले फुलमाला चढाएर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा आईजी सीएस लेप्चा, डीआईजी सङमित लेप्चा लगायत अन्य अधिकारीहरू उपस्थित थिए। प्राप्त जानकारीअनुसार तापस बर्मन 2012-मा 12औँ सशस्त्र वाहिनीमा नियुक्त भएका थिए। कुचबिहार जिल्लाको तुफानगञ्ज आन्दोरान फुलबारी इलाका निवासी तापसले आफू पछि स्वास्नी लगायत 3 वर्षीय छोरी छाडि गएका छन्। तिनी राज्य सशस्त्र पुलिस कमान्डिङ अफिसर देवश्री चट्टोपाध्यायको अंग रक्षकको पदमा नियुक्त थिए। उक्त सडक दुर्घटनामा तिनी लगायत कमान्डिङ अफिसर देवश्री चट्टोपाध्याय र वाहन चालक मनोज साहाको मृत्यु भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *