सडक दुर्घटनामा तीनजनाको मृत्यु, एकजना घाइते

इस्लामपुर : इस्लामपुर थाना अन्तर्गत पर्ने रामगञ्ज इलाकाको तुन्तबागान संलग्न 31 नम्बर राष्ट्रिय राजर्मागमा मर्मान्तिक सड़क दुर्घटनामा इस्लामपुर नगरपालिकाका पूर्व पार्षद तथा भाजपा नेता अयन चन्द्र लगायत तीनजनाको मृत्यु भएको छ भने अन्य एकजना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्।  स्थानीय सूत्रले दिएको जानकारी अनुसार एउटा वाहन सिलगढीदेखि इस्लामपुरतर्फ गइरहेको समय उक्त वाहनले रामगञ्ज इलाकामा रहेको एउटा 10 चक्के ट्रकलाई धक्का दिँदा घटनास्थलमै तीनजनाको मृत्यु भएको भने भने वाहन चालक घाइते भएका छन्। घटनापछि स्थानीय मानिसहरूको सहयोगमा घाइते चालकलाई उद्धार गरेर इस्लामपुर महकुमा अस्पतालमा लगियो। अर्कोतिर, घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर तीनजनाको शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *