सड़क दुर्घटनामा अप्पर बाघडुग्रा अञ्चल तृणमूल अध्यक्ष घाइते

बाघडुग्रा : सड़क दुर्घटनामा अप्पर बाघडुग्रा अञ्चल तृणमूल कङ्ग्रेसका अध्यक्ष भोला गुहा गम्भीर रूपमा घाइते भएका छन्। एशियन हाईवे 2 भएर गइरहेको समय तीव्र गतिमा आइरहेको एउटा बाइकले धक्का दिँदा तिनी गम्भीर रूपमा घाइते भएको बताइएको छ। दुर्घटनापछि स्थानीय मानसिहरूको सहयोगमा तिनलाई उद्धार गरेर बाघडुग्रा अस्पतालमा लगेर प्राथमिक उपचार गरेपछि मतिगढाको एउटा एउटा निजी अस्पतालमा भर्ना गरिएको छ। बाघडुग्रा पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *