सड़क दुर्घटनामा युवा फुटबल खेलाड़ी अल्बर्ट तिर्कीको मृत्यु

सिलगढी : सड़क दुर्घटनामा परेर गत राति एकजना चर्चित फुटबल खेलाड़ी अल्बर्ट तिर्कीको मृत्यु भएको छ। तिनी बाघडुग्राको गंगाराम चियाकमान इलाका निवासी हुन्। अल्बर्ट तिर्की एकजना चर्चित गोलकिपर थिए भने तिनी दार्जिलिङ एफसी टीमको तर्फबाट खेल्थे। प्राप्त जानकारी अनुसार अल्बर्ट तिर्की आफ्नो टोलीका सदस्यहरूसित सिलगढीबाट डामडिमतर्फ गइरहेको समय यहाँ भेगा सर्कल नजिक एउटा ट्रकको दैलो अचानक खोलिँदा बाइकमा सवार अल्बर्ट तिर्कीको टाउकोमा लागेपछि तिनी सडकमा लडे। ठीक त्यहीँ समय पछिबाट आइरहेको एउटा वाहनले तिनलाई किच्चाउँदा गम्भीर रूपमा घाइते भए। घाइते दुवैलाई तत्कालै गैर सरकारी अस्पतालमा लगेपछि त्यहाँबाट गम्भीर घाइते अवस्थामा रहेको अल्बर्ट तिर्कीलाई उत्तर बंगाल मेडिकल कलेज तथा अस्पतालमा रेफर गरिदिए तापनि त्यहाँका डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। अर्कोतिर, तिनको साथी खेलाड़ी अशोक कुजुरलाई प्राथमिक चिकित्सापछि छुट्टी दिए। बाघडुग्राको गंगाराम चियाकमान इलाकामा अल्बर्ट तिर्कीलाई खेल जगतको तर्फबाट आज अन्तिम श्रद्धाञ्जलि दिइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *