सडक दुर्घटनामा युवकको मृत्यु, अन्य एकजना घाइते

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको कामाख्यागढी तेतुलतला इलाकाको 31 नम्बर राष्ट्रिय राजमार्गमा सडक दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएका छन्। मृतक युवक 22 वर्षीय तुटन दत्तको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार तेतुलतला इलाकाको राष्ट्रिय राजमार्गमा एउटा ट्रक रोकेर राखेको थियो भने त्यहीँ तुटन र अन्य एकजना युवक स्कुटीमा सवार भएर अलिपुरद्वारतर्फ गइरहेको समय स्कुटी अनियन्त्रित भएर सोझै ट्रकको पछिल्तिर ठोक्किँदा घटनास्थलमै तुटनको मृत्यु भएको बताइएको छ। यसको साथै अन्य एकजना युवक घाइते भएका छन्। घटनापछि स्थानीय मानिसहरूले राष्ट्रिय राजमार्ग अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *