सडक जामको समस्या, परीक्षा केन्द्रमा ढिलो पुगेपछि टेट परीक्षा दिन पाएनन् सिलगढीकी डली सरकारले

सिलगढी : सडक जामको समस्याले गर्दा टेट परीक्षा दिन आएका केही परिक्षार्थीहरू समयमा परीक्षा केन्द्रमा पुग्न नपाएकोले परीक्षामा बस्न पाएनन्। सिलगढी महकुमाको घोषपुकुर निवासी डली सरकार आज बिहान साढे 10 बजी स्कुटीमा सवार भएर टेट परीक्षा दिन गइरहेकी थिइन् भने सिलगढी बोइज हाई स्कुलमा तिनको परीक्षा केन्द्र परेको थियो। तथापि, दार्जिलिङ मोड नजिक सडक जाममा केही समय फँसेकोले परीक्षा केन्द्रमा पुग्दा घडीमा 11 पार भइसकेकोले तिनलाई परीक्षा केन्द्रमा प्रवेश गर्न दिएन। आज 12 बजीदेखि टेट परीक्षा शुरू भयो। तथापि, बोर्डले पहिला नै बिहान 11 बजेपछि कुनै पनि परिक्षार्थीहरूलाई परीक्षा केन्द्रमा प्रवेश गर्न नदिनेबारे जनाइसकेको थियो। टेट परीक्षाको लागि तयारी गरे तापनि परीक्षा केन्द्रमा ढिलो पुगेकोले गर्दा परीक्षा दिन नपाउँदा तिनी दुखी भइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.