सडक किनारको जलाशयमा ट्रक पल्टिँदा चालक र खलासी घाइते

राजगञ्ज (निसं): सिलगढी जलपाइगढी राष्ट्रीय राजमार्गमा चामलको बोरा लादिएको एउटा ट्रक सड़क किनारको जलाशयमा पल्टिँदा ट्रकको चालक अनि खलासी घाइते भएका छन्। गत अबेर राति उक्त दुर्घटना राजगञ्ज विधानसभाको बेलाकोवा अञ्चल स्थित दसदरगा इलाकामा भएको थियो। उक्त दुर्घटना पछि घाइते अवस्थामा स्थानीय मानिसहरूले चालक अनि खलासीलाई उद्धार गरेर जलपाइगढी सुपर स्पेशियलिटी अस्पतालमा भर्ना गरिदिएको छ। निंद्राले गर्दा चालकले नियन्त्रण हराएर उक्त दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ। अर्कोतिर, घटनाको खबर पाएर जलपाइगढी कोतवाली पुलिस घटनास्थलमा पुगेर ट्रकलाई नियन्त्रणमा लिएको छ। यसको घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *